News and Events

धादिङ : खनियाबास गाउँपालिका, धादिङको आयोजना र गरिबी निवारणका लागि सामाजिक संस्था (सोपान) नेपालको सहजिकरणमा गाउँपालिका स्थित विपन्न महिलाहरूका लागि एक महिने ढाका बुनाइ सम्बन्धी सीप विकास तालिम सुरु भएको छ ।

सोपान नेपाल धादिङ शाखाका कार्यक्रम संयोजक अस्मिन अधिकारीका अनुसार यस सीप विकास तालिममा खनियाबास गाउँपालिकाको पाँचवटा वडा कार्यालयबाट छनौट भइआएका दश जना महिलाहरूको उत्साहजनक रुपमा सहभागिता रहेको छ।

यस तालिमबाट ढाका बुनाइ मार्फत सहभागीहरूमा उद्यमशीलता विकास हुने र स्वरोजगारी सृजना हुने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष योमाया तामाङले बताए ।

गरिबी निवारणका लागि सामाजिक संस्था नेपाल (सोपान) सन् २००७ मा समानता, सामाजिक र आर्थिक न्याय र जनताको सशक्तिकरणको सिद्धान्तमा काम गर्ने उद्देश्यका साथ स्वास्थ्य र सामाजिक विज्ञानका विभिन्न विषयहरूको प्रतिनिधित्व गर्ने ऊर्जावान युवाहरूको समूहले स्थापना गरेको गैर-लाभकारी र गैर-सरकारी सामाजिक संस्था हो।

सोपानले आर्थिक र सामाजिक क्षेत्रको प्रवर्द्धन गर्न र विशेषगरी अधिकारको प्रयोगबाट जोखिममा परेकाहरूलाई आफ्ना सेवाहरू प्रदान गरी लैङ्गिक संवेदनशील बनाउन आर्थिक र सामाजिक न्यायमा केन्द्रित जनताको मानवअधिकारको प्रवर्द्धन र संरक्षक बन्ने उद्देश्य राख्दै स्थापनाकालदेखि नै नियमित रुपमा काम गर्दै आएको छ।

समाचारहरू & घटनाहरू

प्रमाणीत गर्नुहोस्